पूरा पोस्ट एक साथ

जुनसुकै बेला पनि भूईंचालो जाने खतरा

२ माघ, काठमाडौँ । विसं. १९९० सालको भूइँचालोले व्यापक जनधनको क्षति पुर्‍याएको दिनको सम्झना गर्दै हरेक माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइन्छ । भूकम्पको जोखिम र यसको सचेतनाबारे ठूलाठूला कुरा हुन्छ । भवन निर्माण आचारसंहिताको बारेमा पनि बहस हुन्छ । तर केहीले घर-भवन बनाउँदा भूकम्पीय प्रतिरोधलाई ख्याल गरेजस्तो गरे पनि अरुबेला भूकम्पबाट सचेत हुनेबारे न कसैले सम्झन्न भ्याउँछ, न भ्याउने र त्यही काम हुनेले पनि सम्झाउँछन् ।
नेपाल उच्च जोखिममा
विज्ञहरुका अनुसार नेपालमा जुनसुकै बेला पनि बिनाशकारी भुईंचालो जान सक्छ । ‘यतिबेलै पनि विनाशकारी भुइँचालो गएर ठूलो क्षति पुर्‍याउने खतरा छ’ प्रकोप पूर्वतयारी संजाल नेपालका संयोजक डाक्टर मीन पौडेलले भन्नुभयो । दक्षिणतर्फको भारतीय भौग्ार्भिक प्लेट र उत्तरतर्फको तिब्बतीयन भौगर्भिक प्लेटको निरन्तरको घर्षणले उत्पन्न हुने भौगर्भिक अस्थिरताका कारण नेपाल भुइँचालोको उच्च जोखिममा छ । भूकम्पीय हिसाबले नेपाल विश्वको ११ औँ जोखिमपूर्ण देश र काठमाडौँ उपत्यका पहिलो स्थानमा छ । ९० सालकै जत्रो भूइँचालो जाने भने काठमाण्डौँमा मात्रै एकसयमा ६० वटा घर भत्किने र झण्डै १ लाख मानिसको ज्यान जाने तथा लाखौं घाइते हुने विज्ञहरुले चेतावनी दिइरहेका छन् । विश्वमा सानाठूला गरी वर्षमा झण्डै पाँच लाख भूकम्प हुन्छन् । त्यसमध्ये १ लाख वटा भुइँचालो मात्र मानिसले थाहा पाउने गरी धक्का दिने खालका हुन्छन् । विश्वमा १-२ वर्षमा भने ८ रेक्टर स्केलभन्दा माथिका भूइँचालो जाने गरेको छ ।  नेपाललगायत दक्षिण एशिया, दक्षिणपुर्वी एशिया, मध्यपूर्व तथा युरोपका केही भागसमेत भूकम्पीय जोखिममा रहेको अलपाइड हिमालय क्षेत्रमा पर्छन् । यस क्षेत्रमा बेलाबेलामा निकै भयानक भूइँचालो गएर ठूलो धनजनको क्षति गर्ने गरेको छ । पृथ्वीमा हुने भूइँचालोमध्ये सयमा सत्रवटा भूइँचालो यही क्षेत्रमा जाने गरेका छन् । त्यस्ौले भूइँचालोबाट जोगिने पूर्वतयारीका लागि तत्कालिनदेखि लिएर दीर्घकालीन रणनीति आवश्यक रहेको भुकम्पविद् सोमनाथ सापकोटा बताउनुहुन्छ ।
by:-जनकपुर टुडे
Computer Duniya ललित साह Hindi Tech Blog Computer Duniya CG Blog रफ़्तार Blog parivaar CG Blog Tips for New Bloggers Hindi Blog Tips blogger widgets My Blog


HTML Codes - Free