नखाएको बिष पनीलाग्दो रैछ पाप बनी,
नबोलेको बचनले 'नि दागदो रै'छ श्राप बनी !!
देवताको रूप भन्थे मान्छेले नै मान्छेलाई,
देवता सम्झी पूजे पनी जाग्दो रै'छ साप बनी !!
मन दियो, मुटु दियो, दियो श्रधा सधै-सधै,
भष्म पानॅ दाऊरा अझै माग्दो रै'छ राप बनी !!
ठूलै देख्यो, ठूलै ठान्यो, ठूलै गन्यो, ठूलै मान्यो
मनमा ठूलै खुर्पा साँधी राख्दो रै'छ दाप बनी !!
आफूभित्रै आफू लुकाई प्रिय बोल्छ सधैं सामू,
आखिर मान्छे मनबाटै भाग्दो रै'छ छाप बनी !!