पूरा पोस्ट एक साथ

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको भाऊ नेपाली न्यूज़

सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सरकारले खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १ सय ७५ रुपैयाँ बढाएको छ । यस्तै पेट्रोलमा प्रतिलिटर १०, मट्टितेल र डिजेलमा प्रतिलिटर नौं/नौं रुपैयाँ मूल्य बढाएको हो । इन्धनको अभाव भइरहेको बेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मात्राले मूल्यवृद्धी गरेको हो । यसअघि खाना पकाउने ग्याँसको प्रतिसिलिण्डर १ हजार ३ सय २५ रुपैयाँ रहेकोमा अब उपभोक्ताले १ हजार ५ सय तिर्नुपर्ने हुन्छ । त्यस्तै पेट्रोल प्रतिलिटर १ सय ५ रुपैयाँ रहेकोमा अब १ सय १५ रुपैयाँ पुगेको छ । सस्तोमा किनेर महँगोमा बेच्नुपर्दा भएको घाटा कम गर्न मूल्यवृद्धी गरिएको बताइएको छ । पुरानो मूल्य अनुसार मासिक १ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ घाटा रहेको निगमले बताउँदै आएको थियो ।



आफुलाई दुःखी–गरिबको सरकार बताउने एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गरेयता मात्रै पनि गरिबकै ढाड सेक्ने गरी पटक–पटक पेट्रोलियम पदार्थको भाउ बढाइएको छ । त्यतिमात्र होइन, लगामहीन ढंगले छाडा छाडिएको बजारमा अकाशिएको मूल्यको त कल्पना नै गर्न नसकिने भैसकेको छ । सरकार बनेलगत्तै जनतालाई राहतको प्याकेज दिने घोषणा गर्ने वर्तमान सरकार बजार अनुगमनका नाममा मौसमी नाटक गर्नेबाहेक केही गर्न सकिरहेको छैन । दिन प्रतिदिन जनताको क्रयशक्ति ह्रास हुँदै महंगी उकालो लागिरहँदा सर्वसाधारण नागरिक भने मारमा परिरहेका छन् ।


by:-इमेज चैनल
Computer Duniya ललित साह Hindi Tech Blog Computer Duniya CG Blog रफ़्तार Blog parivaar CG Blog Tips for New Bloggers Hindi Blog Tips blogger widgets My Blog


HTML Codes - Free