पूरा पोस्ट एक साथ

विवाह पंचमी 29/11/2011





धुनषाको जनकपुरमा राम जानकी विवाह महोत्सव आज भब्यताका साथ मनाईदै छ । त्रेता युगमा भगवान श्रीराम र जगतजननी सीताको विवाह भएको उत्सवलाई स्मरण गर्दै मंसिर शुक्ल पञ्चमी तिथिका दिन आज ऐतिहासिक धार्मिक नगर जनकपुरधाममा श्रीरामजानकी विवाह महोत्सव गरिन्छ । बिबाह पंचमी महोत्सवको आज तेसा्रे दिन प्रसिद जानकी मन्दिर, राम मंदिर, दशरथ मंदिर सहितका मंदिरहरुमा पुजापाठ गर्न श्रद्धालु भक्तजनहरुको विहानै देखि भिड लागेको छ ।

श्रद्धालुहरुले जनकपुरका गंगासागर, धनुषसागर, अरगजा पोखरी सहितका जलासयहरुमा स्नान गरी जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर र दशरथ मन्दिरमा पुजापाठ गरिरहेका छन् ।आज जानकी मन्दिरवाट गाजावाजाका साथ किशोरी जीको र रामजीको डोला नगर परिक्रमा गरि रंगभुमि मैदानमा सिता स्वंयमवर कार्यक्रमको आयोजना गरिन्छ । वेलुका जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम र सिता विच वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ । विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपालका विभिन्न भागका साथै भारतका अयोध्या, वृन्दावन, मथुरा, कलकता, विहार, उतरप्रदेश, राजस्थान सहित विभिन्न स्थानहरुवाट हजारौको संख्यामा श्रद्धालुहरु जनकपुर आएका छन् !
Computer Duniya ललित साह Hindi Tech Blog Computer Duniya CG Blog रफ़्तार Blog parivaar CG Blog Tips for New Bloggers Hindi Blog Tips blogger widgets My Blog


HTML Codes - Free